फ्रेन्च कपको उपाधि जित्दै पीएसजीसँग एम्बाप्पेको यात्रा अन्त्य

पेरिस । फ्रेन्च कपको उपाधि जित्दै किलियान एम्बप्पेले पेरिस सेन्ट जर्मेनसँग आफ्नो यात्रा अन्त्य गरेका छन् । लुइस एनरिकेको टोलीले शनिबार लियोनलाई हराउँदै घरेलु डबल पूरा गरेको हो ।
खेलको २२ औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओ’ब्रियनले एक गोल फर्काए पनि टोलीले त्यसपछि थप गोल गर्न सकेन ।
फ्रान्सका स्टार खेलाडी एम्बाप्पेको पीएसजीबाट यो अन्तिम खेल थियो । सन् २०१७ मा मोनाकोबाट पीएसजीमा आबद्ध भएका एम्बाप्पेले क्लबका लागि ३ सय ८ खेलमा रेकर्ड २ सय ५६ गोल गरेका छन् ।
७ वर्ष क्लबमा रहँदा उनले ६ वटा लिग वान उपाधिका साथै ४ वटा फ्रेन्च कप र दुई लिग कपको उपाधि जित्न सफल भएका थिए । उनी अब स्पेनिस महारथी रियल मड्रिडसँग आबद्ध हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?