देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।
देउवाको स्वास्थ्यमा समस्या देखेपछि प्रधानमन्त्री त्यहाँ पुगेको बताइएको छ । पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।
कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्याउने बताइएको छ ।
संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । यो बीचमा कांग्रेसले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिए पनि त्यसमाथि छलफल हुन सकेन । जेठ १५ अघि सत्तापक्ष र काङ्ग्रेसबिच सहमति हुन सकेन भने आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने संसदीय अभ्यासमा प्रभाव पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
तस्बिरमा हेर्नुहोस् सिन्दूर खेलेर मनाइने सुथसिया जात्राको रौनक
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ