बार्सिलोनाद्वारा महिला च्याम्पियन्स लिगको उपाधि रक्षा
आइतबार, १३ जेठ २०८१, ०९ : २१
बिल्बाओ । साबिक विजेता बार्सिलोनाले आठ पटकको विजेता लियोनलाई हराउँदै महिला च्याम्पियन्स लिगको उपाधि रक्षा रहेको छ । शनिबार भएको खेलमा बार्सिलोना २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६३ औँ मिनेटमा ऐटाना बोनमाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाइन् । इन्जुरी समयमा एलेक्सिया पुटेलासले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् ।
बार्साले लियोनलाई हराएको यो पहिलो अवसर हो । योसँगै टोलीले सन् २०२२ को फाइनलमा बेहोरेको हारको बदला पनि लिन सफल भएको छ ।
महिला च्याम्प्यिन्स लिग तीन पटक जित्ने बार्सिलोना मात्र तेस्रो टोली हो । यो सिजन टोली ऐतिहासिक चारवटा उपाधि पनि हात पार्न सफल बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता