सिक्किमका कवि सिम्योन बने ‘द पोएट आइडल’
शनिबार, १२ जेठ २०८१, २३ : ३७

काठमाडौँ । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिम्योन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।
‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य सुविधाहरु प्राप्त गरेका छन् ।
अमन प्रताप अधिकारी निर्देशक र दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका 'जज'हरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी रहेका थिए l
‘द पोएट आइडल’ सिजन १ को विजेता पनि सिक्किम निवासी कवि निलम गुरुङ बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने