काठमाडौँमा तरुण दलको मसाल जुलुस
शनिबार, १२ जेठ २०८१, १९ : ३४

काठमाडौँ । नेपाल तरुण दलले शनिबार गोंगबुमा मसाल जुलुसको आयोजना गरेको छ। सबै खाले भ्रष्टाचारको छानबिन, सहकारी ठगीको छानबिन र प्रेस स्वतन्त्रताको पक्षमा मसाल जुलुसको आयोजना गरिएको संघले जनाएको हो ।
मसाल जुलुस पछि आयोजित कोणसभामा बोल्दै दलका केन्द्रीय सदस्य निरञ्जन थापाले भ्रष्टाचारीलाई निष्पक्ष कारबाही गर्न माग गरे। ‘हिजाे समाजमा गलत काम गर्ने फटाहाहरू मुख थुनेर लुकेर हिँड्ने गर्थे तर आज चर्को स्वरमा टाईसुट लगाए भगवान्को रूपमा समाजमा ठगीको धन्दा गर्ने गिरोह नै हाबी भए,’ उनले भने ।
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्ट र सहकारी ठगीको सप्रमाणसहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताउँदै उनले नेपाली काङ्ग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको सपष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका
-
नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
-
आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी
-
स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु
-
एसइईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
-
शैक्षिक सत्र सुरु नभई भर्ना खुलाए काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने