लघुकथाको ६१ औँ शृङ्खला सम्पन्न
शनिबार, १२ जेठ २०८१, १८ : १५

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ६१ औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा लघुकथाकार डा. ईश्वरमणि अधिकारीले यस संस्थाको स्थापना पश्चात् लघुकथा लेखन, वाचन, विमर्श तथा परिचर्चामा वृद्धि भएको र लघुकथाको गुणात्मक लेखनमा चुनौती रहेको भन्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार कल्याण पन्त, जनार्दन दाहाल, ढाकामोहन बराल, गीता तिवारी, ओमकार अधिकारी, प्रकाश बज्राचार्य लगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रम संस्थाका सचिव अमृतले सञ्चालन गरेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
-
बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन
-
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
-
सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी
-
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा