राप्रपा केन्द्रीय कार्य समिति बैठक आज पनि
शनिबार, १२ जेठ २०८१, १० : ५९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक शनिबार पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने क्रम जारी रहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरू प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउँछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरूले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’
भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरू बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरूले छलफलमा महत्त्व पाउने लिङ्देनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता