टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम हुँदै, उपहार समेत पाइने

काठमाडौँ । टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरू साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनएको छ ।
एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् । कम्पनीले मिति छिट्टै तय गर्ने बताइएके छ ।
यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्न्ेछन्े । साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन