रविको अभिव्यक्ति र कैलाश पक्राउबारे बालुवाटारमा कांग्रेसले माग्यो जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहपयाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्ति र सिरोहियाको पक्राउबारे प्रधानमन्त्रीलाई प्रश्न उठाएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ ।’
जवाफमा प्रधानमन्त्री गृहमन्त्रीको अभिव्यक्तले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । लेखकका अनुसार सिरोहिया पक्राउलाई भने अदालतको आदेश कार्यान्वयन गरेको भन्दै बचाउ गरेका थिए ।
बैठकमा सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका विषयमा सकारात्मक छलफल भएको लेखको भनाई छ । विगतमा संसदीय छानबिन समिति गठनको विपक्षमा मत राख्ने ओली शुक्रबारको बैठकमा मौन थिए ।
लेखकका अनुसार सत्तासीन माओवादी र एमालेका नेताहरू सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सकारात्मक देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा