छोरीहरूलाई तेक्वान्दो बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल
_YZpCfqX3pr.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपालमा तेक्वान्दाे धेरै नै लोकप्रिय बनिरहेको बताए ।
उनले तेक्वान्दोलाई अझै विस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरूलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने बताए । उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताउँदै जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।
‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरू छन्’ उनले भने, ‘महिला हिंसाका घटनाहरू भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’
अध्यक्ष नेपालले खेलले सामूहिकताको भावना बढाउने बताए । उनले खेलबाट अनुशासित हुन, मेहनती हुन प्रेरित हुने बताए । उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने