कान्तिपुरमा कांग्रेस सांसद ‘हमदर्दी’ प्रकट गर्न गएका हुन् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कान्तिपुर मिडिया सञ्चालक कैलाश सिरोहिया पक्राउ पर्न लागेपछि कांग्रेस सांसदहरू ‘हमदर्दी’ प्रकट गर्न उनको कार्यालयमा पुगेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले सोधेको ‘कांग्रेस र कान्तिपुर’ एउटै हो भन्ने प्रश्नमा सिरोहियाले अप्ठेरो परेको बेलामा दुःख साट्न गएको जवाफ दिए ।
उनले सहकारी ठगीको श्रृङ्खलाबद्ध समाचार आएपछि बदलाको भावले सिरोहियालाई पक्राउ गरिएको दाबी गरे । उनले घुमाउरो रुपमा संसद्का महासचिवको ३ वटा नागरिकता रहेको प्रमाण भए पनि उनलाई पक्राउ गरिएको छ भन्दै प्रश्न गरे ।
शर्माले भने– ‘यो संसद्मा सभामुखको छेउमा अगलबगलमा बस्ने, मैले नाम बिर्से अहिले । उच्च ओहोदाका व्यक्तिको दुई वटा नागरिकताको कुरा आएको छ कि छैन, गिरफ्तार हुनुभएको छ ? अहिले संसद्मा हुनुहुन्थ्यो ? गृहमन्त्रीकै पनि दुई वटा पासपोर्टको कुरा छ । गिरफ्तार नै नभई पनि अनुसन्धानमा सहयोग लिन सकिन्छ ।’
उनले मिडियाले खरो ढंगले प्रश्न गर्ने कुरामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । गत जेठ ११ गते सिरोहियालाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा सिरोहियालाई भेट्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विश्व शान्तिको पक्षमा छ, सामरिक सैन्य गठबन्धनमा सामेल हुँदैनः प्रधानमन्त्री ओली
-
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
-
नेविल बैंकको कार्ड सेवाहरू अवरुद्ध हुने
-
स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ
-
हिउँपहिरोमा दुई जना बेपत्ता
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु