कर्णालीका पूर्व मुख्यमन्त्रीले भने– सहकार्यमा मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ
सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरू नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच सहकार्यको वातावरण सहज तरिकाले अघि बढ्न नसकेको देखिएको छ । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उक्त कुराको सङ्केत गरेका हुन् ।
उनले सहकार्यमा ‘मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ’ भन्दै त्यसो गरेको खण्डमा सहकार्य सम्भव नहुने पनि बताए । कर्णालीमा माओवादीको सहयोगमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । तर, कँडेलले सरकारका हरेकजसो विषयवस्तुबारे सत्तारुढ दललाई समेटेर जानुभन्दा एक्लै हिँड्ने प्रयास गरिरहेको चर्चा माओवादी वृत्तमा छ ।
पूर्व मुख्यमन्त्री शर्माले सहकार्यलाई व्यवहारमा अभिव्यक्त गर्न पनि आग्रह गरे । त्यसो गरेको खण्डमा मात्रै सहजता हुने उनको भनाइ थियो । ‘मेहनत गर्न धेरै छ र कसिलो सहकार्य गर्न जरुरी छ,’ मुख्यमन्त्री कँडेललाई लक्षित गर्दै उनले भने, ‘विश्वासको वातावरणमा मात्रै सहज तरिकाले अघि बढ्न सकिन्छ ।’
शर्माले संघीय र प्रदेश सरकारबिच तादम्यता नमिलेको बताउँदै त्यस्ता विषयमा सरकारले ध्यान दिएर अघि बढ्नुपर्ने बताए । साथै उनले म हैन हामीबाट भनेर सुरु गरे मात्रै कर्णालीको समृद्धि सम्भव भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि