लोसपाको सदस्यता वितरण अभियान सुरु

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ ।
शुक्रबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी धनुषा जिल्लाबाट सदस्यता वितरणकाे अभियान सुरु गरिएको पार्टीका महासचिव सुरेन्द्रकुमार झाले बताए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले अभियानको शुभारम्भ गरेका हुन् । धनुषा जिल्लामा नव प्रवेशीलाई सदस्यता वितरण गरी अभियानको सुरु गरिएको हो ।
लोसपाले महाधिवेशनलाई लक्षित गरी सदस्यता अभियान सुरु गरिएको छ । २०८२ मा महाधिवेशन गर्ने गरी तयारी सुरु गरिएको हो । पहिलो चरणमा मधेस प्रदेशमा यो अभियान सञ्चालन हुने र त्यसपछि अन्य जिल्लामा पनि जाने महासचिव झाले बताए ।
शुक्रबार सुरु गरिएको अभियान कार्यक्रममा पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, महासचिव सुरेन्द झालगायतका नेताहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह