फोटोफिचर
३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका कामीरिता काठमाडौँमा (तस्बिरहरू)
शुक्रबार, ११ जेठ २०८१, १५ : ५८

काठमाडौँ । ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । कीर्तिमानी हिमाल आरोही शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शेर्पाले वैशाख ३० गते आइतबार ३० औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए ।
सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत