इमरान खानको पार्टी कार्यालयमा चल्यो बुलडोजर
शुक्रबार, ११ जेठ २०८१, १३ : ५६

इस्लामवाद । इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को केन्द्रीय सचिवालयमा बुलडोजर चलेको छ । राजधानी विकास प्राधिकरण (सीडीए) ले इस्लामवादमा रहेको पार्टीको सचिवालय भत्काएको हो । इमरान खानले सो कार्यको विरोध गरेका छन् ।
वर्तमान सरकारले राजनीतिक दलको कार्यालयको गरिमा हनन् गरिरहेको उनको भनाइ छ । बिहीबार सीडीएको अतिक्रमण विरोधी टोलीले अवैध निर्माण तथा अतिक्रमण हटाउने अभियान चलाएको थियो ।
पीटीआई सचिवालयको एक भाग भत्काइएको थियो । जानकारीका अनुसार अतिक्रमण विरोधी टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयमा ताल्चा लगाइदिएको थियो । पीटीआईका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध