छिमेकीसँगको राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ: डा. राजन भट्टराई
काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार बनाउन सकिने बताएका छन् ।
परराष्ट्र मामिला विभागले शुक्रबार बिहान आयोजना गरेको ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल बैठकमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए ।
वार्ता र छलफलले नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनले बताए। अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने उनको विचार छ ।
डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताए । उनले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे। चीनसँग बीआरई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने बताए।
कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको उल्लेख गरे ।
बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गरेका थिइन् भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास