फोटोफिचर
नृत्यको माध्यमबाट भगवान् बुद्धको जीवन कथा प्रस्तुत (तस्बिरहरू)
बिहीबार, १० जेठ २०८१, २२ : १६

काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले बुद्ध जयन्तीको अवसरमा डान्सको माध्यमद्वारा भगवान् बुद्धको जीवन कथा ‘कत्थकाक्षा ३’ ब्रिन्गिङ आकांक्षा प्रस्तुत गरेको छ ।
बिहीबार राष्ट्रिय नाचघरमा भगवान् बुद्धको जन्म दिनको अवसरमा बुद्दको जीवन कथा ‘कत्थकाक्षा ३’ ब्रिन्गिङ आकांक्षा आयोजना गरिएको हो ।
नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले सो स्टुडियोले केही समययता विभिन्न नृत्य ‘शृङ्खला’ हरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
करिब दुई घण्टाको कार्यक्रममा ८० जनाभन्दा बढी कलाकारले एकसाथ नृत्यबाट कथालाई वर्णन गरेका थिए ।