ट्रेलरमा यस्तो देखियो दयाहाङको ‘गाउँ आएको बाटो’

काठमाडौँ । आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मको कथा झल्काउन खोजिएको छ । गाउँमा मोटरबाटो आएपछि बाबु र छोराबिचको सम्बन्धमा आउने उतारचढावको कथामा फिल्म बनेको हो । ट्रेलरमा पनि फिल्मको कथा बुझाउने खालका दृश्य समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले भोजपुरको एक राई परिवारको कथा भन्ने अनुमान गर्न सकिन्छ ।
ट्रेलर दयाहाङ राई (बाबु) र बिन्द्रे (प्रसन राई) को वरपर घुमेको छ । अभिनेत्री पशुपति राई फिल्ममा दयाहाङकी पत्नीको रोलमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । नवीन सुब्बा निर्देशित फिल्म आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्मस् र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो ।
प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक