यशको ‘टक्सिक’मा हुमा कुरेशीको इन्ट्री
![यशको ‘टक्सिक’मा हुमा कुरेशीको इन्ट्री](https://npcdn.ratopati.com/media/news/huma_WzKGD0GU2Q.jpg)
नयाँ दिल्ली । साउथ सुपरस्टार यश अहिले आफ्नो आगामी फिल्म ‘टक्सिकः ए फेयरीटेल फर ग्रोन अप्स’का कारण चर्चामा छन् । फिल्मको कथा र कलाकारबारे नयाँ–नयाँ जानकारी आइरहेका छन् ।
फिल्मको काष्टिङ अहिलेसम्म तय भइसकेको छैन । फिल्ममा नयाँ कलाकारहरू जोडिने क्रम जारी छ । यसैबिच फिल्ममा अर्की बलिउड अभिनेत्री जोडिएको खबर आइरहेको छ ।
फिल्ममा कियारा आडवाणी यसअघि नै जोडिएको खबर आएको थियो । अर्की बलिउड अभिनेत्री पनि फिल्ममा महत्त्वपूर्ण भूमिकाका लागि आबद्ध भएको खबर आइरहेको छ । रिपोर्टका अनुसार बलिउड अभिनेत्री हुमा कुरैशीलाई फिल्ममा मुख्य भूमिकाका लागि कास्ट गरिएको छ । करीना कपुरले अस्वीकार गरेको भूमिकामा हुमा अनुबन्धित भएको अनुमान गरिएको छ ।
हुमा फिल्ममा आउने खबरले उनका फ्यानहरु पक्कै पनि उत्साहित छन् । उनलाई केही नयाँ महत्त्वपूर्ण भूमिकाका लागि रोजिएको बताइएको छ । हुमाको पात्रबारे अन्य विवरणहरू चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसैबिच हुमा अक्षय कुमार र अरशद वारसीको फिल्म ‘जोली एलएलबी ३’ मा पनि देखिने चर्चा चलिरहेको छ ।
फिल्मलाई गीतू मोहनदासले निर्देशन गर्न लागेका हुन् । केभीएन प्रोडक्शन्स र मन्स्टर माइन्ड क्रिएशन्सको सह–निर्माणमा टक्सिक बन्न लागेको छ । फिल्म आगामी वर्ष अप्रिल १० मा हलमा रिलिज गरिने बताइएको छ । यशको यो १९ औँ फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह