अमेरिकामा मान्छेमा बर्डफ्लु सङ्क्रमणको दोस्रो मामिला पुष्टि

वासिङ्टन डीसी । अमेरिकामा अर्का एक जना व्यक्तिमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ । अमेरिकामा बर्डफ्लुको सङ्क्रमण मानिसमा सरेको यो दोस्रो घटना हो ।
मिशिगनका एक किसानलाई सङ्क्रमण भएको जानकारी मिशिगन स्वास्थ्य तथा मानव सेवा विभाग (एमडीएचएचएस)ले दिएको छ । किसानलाई नियमित रूपमा बर्डफ्लु वा एभियन इन्फ्लुएन्जाको सम्पर्कमा आएको आशंका एमडीएचएचएसले गरेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डेरीका कर्मचारी एच५एन१ संंक्रमित वस्तुभाउका सम्पर्कमा भएको बताइएको छ । बिरामीलाई अहिले निगरानीमा राखिएको छ । सङ्क्रमित व्यक्तिले आफ्नो लक्षणबारे स्थानीय स्वास्थ्य अधिकारीलाई जानकारी गराएका थिए । पीडितको नाकबाट र आँखाबाट परीक्षणका लागि दुई वटा नमुना लिइएको थियो । नाकको नमुना इन्फ्लुएन्जा भाइरस नेगेटिभ पाइयो । आँखाको नमुना परीक्षणबाट भने सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था अहिले ठिक रहेको बताएको छ ।
टेक्सासमा भेटिएका थिए पहिला सङ्क्रमित
यसअघि गएको अप्रिलमा अमेरिकाको टेक्सासमा पहिलो पटक मानिसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको थियो । ती व्यक्ति पनि नियमित रूपमा बर्डफ्लुबाट सङ्क्रमित गाईवस्तुहरूको सम्पर्कमा थिए । ती पुरुषको पनि आँखाबाट लिइएको नमुनामा नेगेटिभ रिपोर्ट आएपछि नाकबाट लिइएको नमुनामा सङ्क्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट