कानुन मन्त्रालयमा कार्यदलको बैठक, जुट्ला सहमति ?

काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।
सहकारीको रकम हिनामिना र अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत कारबाहीको दायरामा आउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिको कार्यादेशमै लामिछानेको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ । कांग्रेसको यो प्रस्तावमा सत्तापक्ष सहमत हुन नसक्दा कार्यदलस्तरमा सहमति जुट्न सकेको छैन । बिहीबारको बैठकमा सहमतिका लागि अधिकतम प्रयास गर्ने कार्यदल सदस्यहरूले बताएका छन् । यद्यपि दुवै पक्षले अडान नछोड्ने संकेत गरेपछि सहमति जुट्ने सम्भावना कम रहेको बताइएको छ ।
कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा