लोसपाको महासचिवमा यादव मनोनीत

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सिरहाका शीतल प्रसाद यादवलाई महासचिव पदमा मनोनीत गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिवार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ ।
सोही कार्यक्रम अघि पार्टीले यादवलाई महासचिवमा मनोनीत गरेको एक नेताले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सहभागी हुनेछन् ।
गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
कार्यसमितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत थुप्रै पदाधिकारीले पार्टी छाडिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म