नेपाली दूतावासले मनायो चीनमा बुद्ध जयन्ती

काठमाडौँ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका उपदेशले सम्पूर्ण मानव जातिलाई सभ्य, करुणामय, नैतिक र सार्थक जीवन बिताउन प्रेरित गर्ने बताए । पञ्चशीलको सिद्धान्तमा निहित दुई देश बिचको लामो समयदेखिको सम्बन्धले बौद्ध आध्यात्मिकताको प्रतीक रहेको बताउँदै उनले विश्वले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूको सामना गर्न बुद्धको उपदेश सार्थक हुने धारणा राखे ।
बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष भिक्षु चाङ जाङ र बेइजिङ लिगुंआङ मन्दिरका मठाधीशले नेपाल र चीनका जनता बिचको घनिष्ठ सम्बन्ध बारे प्रकाश पारेका थिए ।
उनीहरुले राष्ट्र र विश्व समुदायका लागि शान्ति र समृद्धिको लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए । बौद्ध भिक्षुहरूले भगवान् बुद्धलाई विश्वव्यापी शान्ति र सद्भावका लागि प्रार्थना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेष्ट बैंकमा इजरायलले किन बढायो सेना ?
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा