मेक्सिकोमा र्यालीमा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु
बिहीबार, १० जेठ २०८१, ११ : ०१

मेक्सिको सिटी । मेक्सिकोको उत्तरी नुएभो लिओन राज्यमा चुनावी अभियानको र्यालीका क्रममा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । अरू १५ जना घाइते भएका छन् । सो दुर्घटना राष्ट्रपति पदका उम्मेदवार योर्ज अल्भारेज मेनेजको र्यालीमा भएको हो ।
मोन्टर्रे नजिकै रहेको सान पेद्रो गार्जा सहरमा मेनेजले भाषण दिइरहेका बेलामा स्टेज भत्किएको थियो । अचानक आँधी आउँदा स्टेज भत्किएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमार्फत मेनेजले भनेका छन् । यस घटनामा आफू सुरक्षित रहे पनि आफ्नो समूहका कयौँ सदस्यहरू घाइते भएको उनले बताएका छन् ।
स्टेज भत्किएपछि मेनेजले आफ्ना समर्थकहरूलाई हात हल्लाएर सुरक्षित स्थानतिर लागेको भिडियोमा देखिन्छ । चट्याङ र शक्तिशाली आँधी चलिरहेकोले स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल