बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस् : सभामुख
बिहीबार, १० जेठ २०८१, ०९ : ३२

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।
दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला भएको बताएका छन् ।
अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव