बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल
बिहीबार, १० जेठ २०८१, ०९ : २५
१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् ।
शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताए ।
बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई अवलम्बन गर्न सकेमा एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
यसैबिच, उनले उभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका