लुम्बिनीमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयकमा विचार गोष्ठीको आयोजना

कपिलवस्तु । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयकमा विचार गोष्ठीको आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा विचार गोष्ठीको आयोजना गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी उक्त कार्यक्रममा चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझको आयोजना गरिएको थियो । चित्रमा बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरूलाई चित्रण गरिएको थियो । सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरू समावेश गरिएका थिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रूपमा रहेको बताएका थिए ।
उनले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने बताए ।
प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनी र जीवन्त सांस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले दुई देशबिचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, लगायतको उपस्थिति रहेको थियो ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारतको सिक्किमको विस्तृत रूपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ