‘पृथ्वीको तापक्रम १.५ डिग्रीमाथि बढ्न नदिन सबैको पहल आवश्यक’
काठमाडौँ । विज्ञहरूले कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन सबैकै प्रयास आवश्यक रहेको बताएका छन् ।
बुधबारदेखि काठमाडौँमा सुरु भएको हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै विज्ञहरूले कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित राख्नुपर्नेमा जोड दिएका हुन् । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित गरिनुपर्ने प्रयासहरूको सम्बन्धमा छलफल भएको थियो ।
पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन विभिन्न राष्ट्रकोबिच सहजताको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको जलवायु विज्ञ मञ्जित ढकालले बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविज्ञ ढकालले जलवायु परिवर्तनको मुद्दा पर्वतीय देशहरूको मुद्दा मात्रै नभई अन्य देशको पनि मुद्दा भएकाले यो विषयलाई विश्वव्यापीकरण गर्न पनि छलफलले सहयोग पु¥याएको उनले बताए । विभिन्न मुलुकहरूबिचमा आपसी सहकार्यबाट मात्रै कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ भन्ने सन्देश छलफलले दिएको उनले बताए । त्यस्तै छलफलमा जलवायु परिवर्तनको असर पर्वतीय मुलुकमा मात्रै असर नपरी हिउँ पग्लिएर सुमुन्द्रमा पुग्दा तल्लो तटीय भू–भागमा रहेका देशहरूमा पनि असर पर्ने भन्दै यो विषयलाई त्यस्ता देशहरूले पनि अपनत्व लिनुपर्नेमा जोड दिइएको छ ।
त्यस्तै पहिलो दिनको अन्तिम सत्रमा जलवायु परिवर्तनका कारण आएका संकटहरुको सम्बन्धमा छलफल भएको थियो । छलफलमा विज्ञ तथा सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण गहिरो संकट आएको भन्दै त्यसको समाधानका सम्बन्धमा ध्यान दिनुपर्ने बताएका थिए ।
सो छलफलका सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हिमाली राष्ट्रहरुले जलवायु परिवर्तनका कारण व्यहोरेको नोक्सानीका लागि आउने सहयोग रकम छिटोभन्दा छिटो पाउनुपर्नेमा सबैले जोड दिइएको बताए । उनले जलवायुजन्य क्षति तथा नोक्सानीलाई स्पष्टताका साथ अन्तर्राष्ट्रिय मञ्चहरुमा राख्नुपर्नेमा सबैको जोड रहेको बताए ।
सम्मेलन बिहीबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’