टेलर स्विफ्ट र ओलम्पिक्सले बढायो धोकाधडी
![टेलर स्विफ्ट र ओलम्पिक्सले बढायो धोकाधडी](https://npcdn.ratopati.com/media/news/taylor-swift_8UWSQWP4QH.jpg)
लन्डन । ओलम्पिक्स र टेलर स्विफ्ट यस वर्ष उपभोक्ताहरूलाई ठग्ने दुई ठुला अनलाइन स्क्याम भएका छन् । बेलायती बैंकिङ्क युके फाइनान्सले यस्तो चेतावनी दिएको हो ।
गएको वर्ष प्रेमको नाममा ठगी र खरिदारी घोटाला नयाँ उचाइमा उक्लिएको बताइएको छ । समग्रमा अपराधीहरूले गएको वर्ष १ अर्ब १७ करोड पाउन्ड बराबरको चोरी गरेको युके फाइनान्सको वार्षिक प्रतिवेदनले देखाएको छ । यो सन् २०२२ को भन्दा ४ प्रतिशत कम हो ।
अनलाइन मञ्चहरूको दुरुपयोगका कारण मानिसहरू चपेटामा पर्ने क्रम जारी छ । यस्ता घोटालाहरू रोक्न सघाउन अझ बढी प्रयास गर्न प्रविधि कम्पनीहरूलाई अनुरोध गरिएको छ । खरिदारी घोटालामा मात्रै बेलायती उपभोक्ताहरूले गएको वर्ष ८ करोड ६० लाख गुमाएका थिए । यो अघिल्लो वर्षको भन्दा २२ प्रतिशत धेरै भएको बताइएको छ । यस्ता ठगीका गत वर्ष १ लाख ५६ हजार ओटा भन्दा धेरै घटना भएका थिए । टेलर स्वीफटको बेलायती कन्सर्ट अघि फ्यानहरूले स्क्याम टिकट विक्रीमा १० लाख पाउन्ड भन्दा धेरै गुमाएका थिए ।
ओलम्पिक्स, युरो२०२४, ग्लाष्टोनबरी र टेलर स्विफ्ट जस्ता ठुला कार्यक्रमका लागि टिकटहरू छिट्टै बिक्छन् । टिकट सकिएला भनेर मानिसहरूले अनलाइनमा यी टिकट खोज्छन् । तर ठगहरूले अनलाइनको प्रयोग गरेर उपभोक्ताहरूलाई हुँदै नभएको टिकट बेच्ने गरेको युके फाइनान्सका एन्डी म्याकडोनल्ड भन्छन् ।
माया जालमा फसेर ठगीमा पर्ने र पैसा गुमाउनेको सङ्ख्या गएको वर्ष कीर्तिमानी स्तरमा उक्लिएको छ । समीक्षा अवधिमा यस्ता घटनाहरू १७ प्रतिशतले बढेको र ठगीको रकम पनि ३ करोड ६० लाख यूरोमा उक्लिएको छ । सन् २०२० मा भएका यस्तै घोटालाको तुलनामा गुमाइएको यो रकम दोब्बर भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?