गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिमा सुधार, ४ वटा प्रदेशको किन घट्यो ?

काठमाडौँ । चालु आर्थिक वर्षको अनुमानित ५७ खर्ब रुपैयाँ बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रादेशी योगदानमा बागमती प्रदेश एक्लैको ३६ प्रतिशत बढी योगदान रहने देखिएपनि आकर्षक वृद्धिमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अघि देखिएका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको ४.५५ प्रतिशत रहनेछ भने दोस्रोमा लुम्बिनी प्रदेशको ४.०५ प्रतिशतले वृद्धि हुनेछ ।
तर, यता आर्थिक वर्षमा सबैभन्दा थोरै आर्थिक वृद्धिदर हुनेमा कर्णाली प्रदेशको जम्मा ३.३९ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयले गरेको छ ।
उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको छ ।
तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्षमा बागमती प्रदेशको योगदान ३.९६ प्रतिशत रहनेछ भने कोशी प्रदेशको ३.५१ प्रतिशत, मधेस प्रदेशको ३.७८ प्रतिशत, कर्णालीको ३.३९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.४१ प्रतिशत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला