भक्तपुरमा ३ लाख ५७ हजार बराबरको गहना चोरी
बुधबार, ०९ जेठ २०८१, १६ : ४४

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँथिमीमा चोरी भएको छ । ३० वर्षीया कमला त्रिपाठीको डेराबाट ३ लाख ५७ हजार बराबरको सुनको गहना चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मंगलबार साँझ डेराको ताला फोडेर सुनका विभिन्न गहना सहितको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न आरोपी फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।