गौतमबुद्ध विमानस्थलमा युक्रेनी जहाज
बुधबार, ०९ जेठ २०८१, १५ : ३७

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण भएको छ ।
युक्रेनको वोइङ जहाज मंगलबारदेखि विमानस्थलमा पार्किङ भएको हो । गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले विमान १३ गतेसम्म विमानस्थलमा पार्किङ हुने जानकारी दिए ।
उक्त विमानमा चालक दलका सदस्यहरू मात्रै रहेका छन् । युक्रेनी कम्पनीको उक्त चार्डड जहाज लिबियामा शान्तिस्थापनार्थ नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौँमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ ।
काठमाडौँमा घण्टाको हिसाबले पार्किङको शुल्क तिर्नुपर्ने हुन्छ । तर गौतमबुद्ध विमानस्थल प्रवर्द्धन गर्नको लागि ल्यान्डिङ्ग र पार्किङ्गको शुल्क लिने गरिएको छैन ।
जेठ १३ गते उक्त विमान भैरहवाबाट काठमाडौँ हुँदै स्वदेश फर्किने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार