सिरोहिया पक्राउप्रति नेपाल बार : राज्य शक्तिको दुरुपयोग स्वीकार्य हुँदैन
बुधबार, ०९ जेठ २०८१, १५ : २६

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ ।
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एशोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको छ ।
‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने