आन्दोलनमा जाने भएसँगै कांग्रेसले बोलायो उपत्यकाका सबै ‘कमाण्डर’

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आन्दोलन जाने तय भएसँगै काठमाडौँ उपत्यकाका सबै पार्टी नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरुलाई छलफलमा बोलाएको छ ।
पार्टीको जारी केन्द्रीय समिति र संसदीय दलको बैठककै बिच काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्वका साथसाथै भ्रातृ संगठनका प्रमुखहरुलाई पार्टी कार्यालय सानेपामा छलफलका लागि बोलाइएको हो । कांग्रेसका एक नेताले शुक्रबारदेखि आन्दोलनमा जाने तय भएसँगै तयारीलगायतका विषयमा छलफलका लागि सानेपा बोलाइएको जानकारी दिए ।
नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । जसअनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसँग जोडिएका जिल्लाहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन तथा प्रदर्शन गरिने छ ।
त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ । यस्तै कांग्रेसले उनलाई कारबाहीको दायरामा ल्याउनका लागि संसदमा निरन्तर अवरोध समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही
-
यतिबिघ्न ‘भ्यू टावर’ किन ठडिए ?