सहकारीको रकम फिर्ता गराउने कांग्रेस बैठकको एजेन्डा
![सहकारीको रकम फिर्ता गराउने कांग्रेस बैठकको एजेन्डा](https://npcdn.ratopati.com/media/news/congress-cc-(13)_KDQKSTkJgi.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सहकारीको बचत रकम हिनामिना र बचत रकम फिर्ता गराउने छलफलको प्रमुख एजेन्डा बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सहभागी एक सदस्यका अनुसार सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्रीको संलग्नताबारे छानबिन समिति गठन हुनुपर्ने बैठकको प्रमुख एजेन्डा रहेको बताए ।
त्यस्तै सहकारीको रकम हिनामिनाबारे कांग्रेसले संसदमा उठाएको विषयमा गृहमन्त्रीले दिएको अशिष्ट र हिंसक तथा अपमानजनक व्यक्ति विशेष शब्दको प्रयोग, विवादित गृहमन्त्रीको पद, प्रतिपक्षको मागमा सभामुखको कार्यशैली तथा सरकारको प्रस्तुति लगायतका विषय छलफलका एजेन्डा भएको कांग्रेस नेताहरूले जनाएका छन् ।
नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै आएको छ । संयुक्त बैठकमा हुने छलफलका आधारमा निर्णय गरेर अघि बढ्ने कांग्रेसको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी
-
भारतमाथि पारस्परिक कर लगाउने ट्रम्पको घोषणा
-
बालमन्दिरको जग्गा हिनामिना प्रकरण : आयोगले थाल्यो अनुसन्धान
-
कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै
-
संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : कृष्णप्रसाद पौडेल
-
अमेरिकामा एप्पल र गुगलको एपमा फर्कियो टिकटक