सिरोहियालाई तत्काल रिहाइ गर्न जसपा नेपालको माग

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । बुधवार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको आफूहरूको ठम्याई रहेको बताएका छन् ।
विज्ञप्तिमा उनले ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो’ भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतङ्कित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्छ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्याउन सरकारलाई सचेत गराइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने