बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नर्वे, स्पेन र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

बुधबार, ०९ जेठ २०८१, १३ : ४७
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गार स्तोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने उनको भनाइ छ । नर्वेपछि आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ ।

यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । गाजामा जारी युद्धले शान्ति र स्थायीत्व हासिल गर्न प्यालेस्टाइन समस्या सुल्झाउन आवश्यक रहेको बिल्कुल स्पष्ट भएको स्तोरले बताए । दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने नर्वेको विश्वास रहेको पनि उनले बताए । यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन ‘कडा सन्देश’ दिने उनको भनाइ छ ।

यो निर्णय लगत्तै इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई वार्ताका लागि तुरुन्त फिर्ता बोलाउने बताएको छ । इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, “मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु ।सार्वभौमसत्तामा आँच पु¥याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु इजरायल झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दियो भने उसको विरुद्ध कदम चालिनेछ ।’

 प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई ‘आतंकवादलाई इनाम दिइन्छ’ भन्ने सन्देश दिएको पनि इजरायली विदेशमन्त्रीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप