नरेन्द्र मोदीको बायोपिकमा खेल्न लागेका हुन् ‘बाहुबली’ का कटप्पा ?

नयाँ दिल्ली । बाहुबली रिलिज भएपछि दक्षिण भारतीय अभिनेता सत्यराजको चर्चा निकै चुलिएको छ । फिल्म हेर्ने हरेकको मनमा कटप्पाले बाहुबलीलाई किन मारे ? भन्ने जिज्ञासा थियो । कटप्पाको आइकोनिक रोलका लागि उनी सबैतिर चिनिए ।
पछिल्लो समय कटप्पा अर्थात् सत्यराजको पुनः चर्चा हुन थालेको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिका निर्वाह गर्न अफवाह चलिरहेको छ । हालै एक अन्तरवार्तामा सत्यराजले यसबारे कुराकानी पनि गरेका थिए । तमिल वेबसाइटसँगको कुराकानीमा उनले मोदी बन्न लागेको खबरहरूमा जवाफ दिएका थिए ।
मिन्नम्बलमसँगको कुराकानीका क्रममा सत्यराजले यो अफवाहप्रति हैरानी व्यक्ति गरेका छन् । ‘मोदीको बायोपिकमा खेल्ने कुरा त मेरै लागि पनि समाचार हो । मोदीको भूमिका निर्वाह गर्न मलाई कसैले पनि अप्रोच गरेका छैनन् । मानिसहरू सामाजिक सञ्जालमा भए नभएको समाचार फैलाइरहन्छन् ।’ उनले भनेका छन् ।
कामको कुरा गर्ने हो भने सत्यराज यतिबेला ‘वेपन’ को रिलिज कुरिरहेका छन् । यस फिल्ममा उनले सुपरह्युमनको भूमिका निभाएका छन् । यो फिल्ममा सत्यराजको साथमा राजीव मेनन र वसन्त रवि पनि देखिदैँछन् । फिल्म मे २३ मा हलमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु