दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल

काठमाडौँ । इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’ बारे छलफल कार्यक्रम आयोजना गरेको छ ।
श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागितामा भएको छलफलमा दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल भएको थियो ।
सार्क राष्ट्रका खाद्य सुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक विपत्ति, अन्तर क्षेत्रीय व्यापार घाटा, सम्पर्क सञ्जाल विस्तार, युवामाझ सांस्कृतिक सम्बन्ध विस्तारमा केन्द्रित रहेर सहभागीहरूले मन्तव्य व्यक्त गरेका यहाँस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।
सहभागीहरूले सदस्य राष्ट्रहरूबिच आर्थिक सम्बन्ध विस्तार, व्यापार, क्षेत्रीय एकीकरण तथा सम्पर्क सञ्जाल विस्तार अपरिहार्य भएको भन्दै सार्क प्रक्रियालाई क्षेत्रीय सहयोगको जीवन्त मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार