एउटा मुद्दा अदालतमा दर्ता, दोस्रो मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा सीआईबीले दुई वटा फरक मुद्दामा अनुसन्धान पुरा गरेको छ । रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको घटना र हिरासतमा भएका व्यक्तिको लाइसेन्स बनाएको कसुरमा अनुसन्धान पुरा गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
दुई वटा कसुरमा अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायणप्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको छ । सो मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भैसकेको छ ।
हिरासतमा रहेकालाई नागरिकता बनाएको कसुरमा अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डे र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्ट सो मुद्दामा प्रतिवादी छन् ।
७ जना प्रतिवादी मध्येमा रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशाङ्क बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्टु नाउ लाई फरार प्रतिवादी कायम गरिएको छ ।
विदेश जानेहरूलाई ३ दिनभित्र फास्ट ट्र्याकबाट लाइसेन्स दिनेगरी यातायात व्यवस्था विभागले निर्णय गरेको थियो । सो निर्णयको दुरुपयोग गरेर सूचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरूले रकम असुलेर लाइसेन्स वितरण गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
भिसा लागेको कागजात, एनओसी लेटर र पासपोर्टको कपी पेश गरेर ३ दिनमा लाइसेन्स दिन सक्ने अधिकार दुरुपयोग गर्दै उनीहरुले नक्कली कागजात पेश गरेर लाइसेन्स बितरण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दु्रत छपाई बापत बिचौलिया र सूचना प्रविधि अधिकृतहरूले प्रतिव्यक्ति ६ हजार सम्म लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
द्रुत छपाईको निर्णय दुरुपयोग गरेर लाइसेन्स वितरण गरेको घटनामा प्रहरीले हरिश भट्ट, मिलन बास्तोला, प्रदिप सुनार, बिर्जुकुमार चौधरी, इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी र पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपानेलाई प्रतिवादी कायम गर्न राय दिएको छ । वसन्त पाण्डेलाई पनि प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
लाइसेन्स घोटाला प्रकरणमा ११ जना सीआईबीको हिरासतमा छन् । उनीहरूलाई प्रहरीले लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही