कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश
बुधबार, ०९ जेठ २०८१, ११ : ३८

काठमाडौँ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।
मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।
उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।
दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो । प्रहरीकै अनुरोधमा मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?