बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

विश्वकपअघि अफगानिस्तानसँग जोडिए वेस्ट इन्डिजका ड्वेन ब्राभो

बुधबार, ०९ जेठ २०८१, ११ : १९
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली पूर्वखेलाडी ड्वेन ब्राभो आगामी टी–२० विश्वकपका लागि अफगानिस्तानको टोलीसँग जोडिएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले ब्राभोलाई बलिङ कन्सलट्यान्टका रुपमा नियुक्त गरेको हो ।

टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी हुन अफगानिस्तानको टोली यसअघि नै सेन्ट किट्स एन्ड नेभिस पुगिसकेको छ । अफगानिस्तानले विश्वकपको बाँकी तयारी त्यहीँ गर्नेछ ।

४० वर्षीय ब्राभोले सेन्ट किट्स एन्ड नेभिसबाटै आफ्नो नयाँ जिम्मेबारी सुरु गर्नेछन् । टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकपको उपाधि जित्दा ब्राभो टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ को टी–२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिए पनि उनले लामो समय टी–२० फ्रेन्चाइज लिग भने खेलेका थिए । ब्राभोले आगामी विश्वकपमा अफगानिस्तानको टोलीलाई उत्कृष्ट नतिजा दिलाउन सक्दो प्रयास गर्ने बताएका छन् ।

ब्राभो टी–२० क्रिकेटमा पाँच सय विकेट पुरा गर्ने विश्वकै पहिलो बलर पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ७४ पालीमा कुल एक हजार दुई सय ५५ रन बनाएका छन् ।

उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ विकेट पनि लिएका छन् । उनले टी–२० क्रिकेटमा हालसम्म कुल ६ सय २५ विकेट लिइसकेका छन् । उनको नामसँग थुप्रै कीर्तिमान पनि जोडिएको छ ।

आगामी टी–२० विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा पनि रहेका छन् । वेस्ट इन्डिजले आफ्नो पहिलो खेल जुन २ तारिखमा पपुवा न्यु गिनीसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप