टी–२० विश्वकपलाई ध्यानमा राखी खेलमा फर्किए आर्चर

काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली बलर जोफ्रा आर्चर एक वर्षभन्दा लामो समयपछि खेलमा फर्कने भएका छन् । आर्चरले बुधबार सुरु हुने पाकिस्तानविरुद्धको पहिलो टी–२० शृंखला खेल्ने भएका छन् ।
इङ्ल्यान्डका कप्तान जस बट्लरले पनि आर्चर खेलमा फर्कने समाचारको पुष्टि गरेका छन् । २९ वर्षीय आर्चर तीन सय ८२ दिनपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कन लागेका हुन् । इङ्ल्यान्ड र पाकिस्तानबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता बुधबार राति खेलिँदै छ ।
आर्चर आगामी आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएका हुन् । ‘आर्चर लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छन् । विश्वकपअघि उनको आगमनले हामी उत्साही छौँ,’ कप्तान बट्लरले भनेका छन् ।
आर्चर स्वास्थ्य समस्याका कारण लामो समयदेखि मैदान बाहिर थिए । उनी पिठ्यूँ र कुइनोको चोटबाट पिडीत थिए । पाकिस्तानविरुद्धको शृंखलाका लागि टोलीमा फर्कनुअघि उनले बार्बाडसमा आफ्नो क्लब विल्डीबाट पनि खेलेका थिए ।
इङ्ल्यान्डले जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा पनि आर्चरलाई समावेश गरेको छ ।
तीव्रगतिका बलर आर्चरले हालसम्म इङ्ल्यान्डका लागि १५ खेल खेल्दै १८ विकेट लिइसकेका छन् । उनले देशका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।
टी–२० विश्वकपअघि इङ्ल्यान्डले पाकिस्तानसँग चार खेलको शृंखला खेल्दैछ । शृंखलाको दोस्रो खेल शनिबार, तेस्रो खेल आगामी मंगलबार र चौथो खेल आगामी बिहीबार खेलिने छ ।
आगामी टी–२० विश्वकपमा इङ्ल्यान्ड समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । विश्वकपमा इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त