राइटपाथ करियर काउन्सिलिङको 'ग्राण्ड एजुकेसन कनक्लेभ २०२४' सम्पन्न
काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौँबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा पुगेर ज्येष्ठ ८ गते सम्पन्न भएको छ ।
गत वैशाख २९ गते काठमाडौँमा सम्पन्न गरिसकेपछि वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज ज्येष्ठ ८ गते ललितपुरमा सम्पन्न भएको हो ।
सो ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएको बताइएको छ ।
कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरू तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिति रहेको थियो । ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरूले उनीहरूबाट प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका थिए ।
सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए