आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

आईपीएल एलिमिनेटर : सन् २०१५ सिजनको रिप्ले

बुधबार, ०९ जेठ २०८१, १० : ४०
बुधबार, ०९ जेठ २०८१

अहमदाबाद । आईपीएल २०२४ मा आज एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलुरुबिच हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ । 

यस खेलको विजेता टोली क्वालिफायर-२ मा पुग्ने छ । हार्ने टोली उपाधि होडबाट बाहिरिने छ । यसअघि सन् २०१५ सिजनको एलिमिनेटर खेलमा राजस्थान र बैंगलुरु आमनेसामने भएका थिए, जसमा बैंगलुरु ७१ रनले विजयी भयो ।

213753

आईपीएलको पहिलो सिजनको उपाधि राजस्थानले जितेको थियो । त्यसपछि टोली दोस्रो उपाधिको पर्खाइमा छ । 

टोली सन् २०२२ मा पनि एक पटक रनरअप भएको थियो । टोली छैटौँ पटक प्लेअफ चरणमा पुगेको हो । राजस्थानले चौथो पटक एलिमिनेटर खेल खेल्नेछ। यसअघि एलिमिनेटरमा ३ खेलमध्ये १ मा जित र २ मा हारको सामना गर्नुपरेको थियो ।

rajsthan-winner

 यसबाहेक टोलीले एक सेमिफाइनल खेलेको थियो जसमा १ सय ५ रनले विजयी भएको थियो । राजस्थान अन्तिम पटक २०२२ मा प्लेअफका लागि छनोट भएको थियो।

यता बैंगलुरुले अहिलेसम्म तीन पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ, तर एकपटक पनि उपाधि जित्न सकेको छैन। बैंगलुरु ९ औँ पटक प्लेअफमा पुगेको हो ।

टोलीले पाँचौँ पटक एलिमिनेटर खेल खेल्नेछ। यसअघि ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हारे बेहोरेको थियो  । बैंगलुरु पहिलो पटक २००९ मा नकआउट चरणमा पुगेको थियो र अन्तिम पटक २०२२ मा प्लेअफका लागि छनोट भएको थियो।

  • बैंगलुरु हेड टु हेडमा अगाडि

हालसम्म यी दुई टोलीबिच कुल ३१ खेल भइसकेका छन् । जसमध्ये १५ खेल बैंगलुरुले र १३ खेल राजस्थानले जितेको थियो । ३ खेलको नतिजा घोषणा हुन सकेन । 

यो सिजन दुई टोलीबिच एउटा मात्र खेल भएको छ । जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थान ६ विकेटले विजयी भएको हो ।

sanju

दुई टोलीबिच २०२२ सिजनको क्वालिफायर–२ खेलिएको थियो । जुन अहमदाबादमा नै भएको थियो र यसमा राजस्थान ७ विकेटले विजयी भएको थियो ।

  • फर्ममा रियान पराग

जोस बट्लर इंग्ल्याण्ड फर्किएपछि टोलीको ब्याटिङमा असर परेको छ । अब रियान पराग (५३१ रन), यशस्वी जैसवाल (३४८ रन) र कप्तान सामसन (५०४ रन) ले उनको स्थानमा जिम्मेवारी वहन गर्नुपर्नेछ। 

jos butler

राजस्थानका लागि रियान पराग सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १४ खेलमा ५३१ रन बनाएका छन् । जसमा ४ अर्धशतक समावेश छ । टिमका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १७ विकेट लिएका छन् ।

  • ‘कन्सिस्टेन्ट’ कोहली

बैंगलुरु टोलीका ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन्। स्टार ब्याट्सम्यान विराट कोहली र कप्तान फाफ डु प्लेसिसले ४ सयभन्दा बढी रन बनाएका छन् । 

kohli

कोहलीको नाममा ७ सय ८ रन छ । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक रन बनाउने खेलाडी हुन् । यश दयाल १३ खेलमा १५ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् । 

अन्तिम खेलमा चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाविरुद्ध उत्कृष्ट अन्तिम ओभर बलिङ गर्दै यश दयालले टोलीलाई जित दिलाएका थिए। उनी यो लय कायम राख्न चाहन्छन् ।

  • पिच रिपोर्ट

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटिङ मैत्री छ। अहिलेसम्म यहाँ ३३ आईपीएल खेल खेलिएका छन् । १५ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले जितेको छ भने १८ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ । यहाँको उच्चतम टोली स्कोर २३३/३ हो, जुन गुजरात टाइटन्सले गत सिजन मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो।

  • मौसम अवस्था:

बुधवार अहमदाबादको मौसम धेरै गर्मी हुनेछ । वर्षाको कुनै सम्भावना छैन। खेलको दिन यहाँको तापक्रम ३१ देखि ४५ डिग्री सेल्सियससम्म रहन सक्छ।

378862

  • सम्भावित प्लेइङ इलेभेन

राजस्थान रोयल्स : सञ्जु सैमसन (कप्तान र विकेटकिपर) , यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन आश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल र सन्दीप शर्मा।

इम्प्याक्ट प्लेयर : टम कोहलर क्याडमोर, नान्द्रे बर्जर।

रोयल च्यालेन्जर्स बैंगलोर: फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक, महिपाल लोमरर, करण शर्मा, यश दयाल, लोकी फर्गुसन, मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर : स्वप्निल सिंह ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप