लोकसेवा आयोगको वेबसाइटमा समस्या, परीक्षार्थीलाई प्रवेश पत्र निकाल्न हैरानी
बुधबार, ०९ जेठ २०८१, १० : ४९

काठमाडौँ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले सास्ती खेपिरहेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीहरू सङ्कटमा परेका हुन् ।
आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन् । आयोगको कार्यालयमा गुनासो गर्दा पनि समस्या समाधानतर्फ कुनै पहल नभएको विद्यार्थीहरूको आरोप छ ।
यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् । 'यस्ता समस्या बेलाबेलामा देखिने गरेको छ । आज पनि समस्या देखिएको हुन सक्छ, हामी हेर्छौ' उनले भनिन् 'विद्यार्थीले पनि पहिल्यै एडमिट कार्ड नलिँदा समस्या देखिएको हो, यो समस्याको समाधान खोजिनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला