बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

मोदीले फोनमा कुरा गरेर २ पटक रोकेका थिए रुस–युक्रेन युद्ध : जयशंकर

बुधबार, ०९ जेठ २०८१, १० : ०७
बुधबार, ०९ जेठ २०८१

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले हालै एक अन्तरवार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर दुई पटक रुस–युक्रेन युद्ध रोकाएको बताएका छन् । एक न्यूज च्यानललाई अन्तरवार्तामा जयशंकरले रुस र युक्रेनबीचको युद्ध एक पटक होइन २ पटक रोक्न सफल भएको बताए हुन् ।

भारत सरकारले युक्रेनमा फसेका भारतीयहरुलाई स्वदेश फिर्ता ल्याउन पनि सबै तागत लगाएको पनि उनले बताए । ‘हो युक्रेन युद्ध रोकाइएको थियो । म आफैँ पनि यसको साक्षी हुँ । म तपाईँले दिन पनि भन्न सक्छु, समय पनि भन्न सक्छ । कसरी र कसका लागि युद्ध रोकिएको थियो भनेर पनि म भन्न सक्छु ।’ जयशंकरले भने ।  

आफूहरूले एक पटक नभएर दुई पटक यस्तो गरेको देखाएको उनको भनाइ छ । ‘सबैभन्दा भन्दा खार्किभमा ५ मार्कमा युद्ध रोकाइएको थियो । त्यतिबेला हाम्रो ६ विद्यार्थीहरू नजिकका सुरक्षित स्थानमा जाँदै थिए अनि व्यापक गोलीबारी भइरहेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे अनि उनले हाम्रा विद्यार्थीका लागि बाटो बनाउन गोलीबारी रोक्न भने । प्रधानमन्त्रीकै अनुरोधमा रुसी सेनाले गोलीबारी रोके अनि विद्यार्थीहरू सुरक्षित स्वदेश फर्किन सके’ जयशंकरले अन्तरवार्तामा भने ।

अर्को घटना भने मार्च ८ को भएको बताइएको छ । युक्रेन, रुस र मिलिशियाबिच लडाई भइरहेको थियो । भारतीय विद्यार्थीहरूले सो क्षेत्र छाड्न चाहिरहेका थिए । तर विद्यार्थीहरू बस चढ्ने बित्तिकै गोली हानाहान हुन थाल्यो । आफूहरूले यो समस्या लिएर मोदीकहाँ गएको र उनले पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग कुरा गरेर विद्यार्थीका लागि त्यहाँबाट निस्कने वातावरण बनाएको उनी बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप