गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । काठमाडौँको मध्य बानेश्वरमा रहेको भेनस अस्पतालले यही जेठ १२ गते शनिबार आँपडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । शिविर बिहान ८ बजेदेखि सुरु हुने अस्पतालका अध्यक्ष नारायण ढकालले जानकारी दिए ।
स्वास्थ्य शिविर भिडियो एक्सरे सुविधासहितको हुने उनको भनाइ छ । शिविरमा मृगौला, पित्तथैलीको पत्थरी, आँखा, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच हुनेछ भने जनरल फिजिसियनबाट सम्पूर्ण चेकजाँच हुने छ । यस्तै आँखा जाँचपछि आवश्यकता अनुसार आँखा रोगीलाई शिविर स्थानमै चस्मा पनि वितरण गरिने अस्पतालले जनाएको छ ।
आफूहरूले गण्डकी गाउँपालिकाको भ्रमण गर्दा भेनसले गर्ने शिविर सो ठाउँमा गर्न उपयुक्त हुने देखेर यो निर्णयमा पुगेको ढकालले जानकारी दिए । शिविरमा १००० जनालाई सेवा दिन सकिने गरी तयारी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ