अदालत
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला
मङ्गलबार, ०८ जेठ २०८१, २१ : ३७

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसलामा भनेको छ ।
अख्तियारले गत वर्ष वैशाखमा विकल पौडेललगायत विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय