रासफोर्ड र हेन्डरसन इंग्ल्याण्डको टोलीमा अटाएनन्
लण्डन । मार्कस रासफोर्ड र जोर्डन हेन्डरसनलाई युरो २०२४ का लागि ग्यारेथ साउथगेटको ३३ सदस्यीय अस्थायी इङ्ल्यान्ड टोलीबाट बाहिर राखिएको छ ।
म्यानचेस्टर युनाइटेडका २६ वर्षीय फरवार्ड रासफोर्डले यस सिजनमा ७ गोल गरेका छन् भने ३३ लिग खेलमा दुई असिस्ट गरेका छन् । गत मार्चमा बेल्जियमविरुद्ध खेलमा बाहिर राखिनुअघि उनले यो सिजन इङ्ल्यान्डका सात खेल खेलेका थिए । रासफोर्डले सामाजिक सञ्जालमा टोलीको स्क्रिनसट साझा गर्दै गारेथ र टोलीका सदस्यहरूलाई प्रतियोगिताका लागि शुभकामना दिएका छन् ।
उता हेन्डरसन लिभरपुलबाट साउदी अरबको अल-इतिफाकमा सामेल भएका थिए । तर गत जनवरीमा उनी सङ्घर्षरत आयाक्सको टोलीमा अनुबन्धन हुन पुगे ।
हेन्डरसन मार्चमा ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश थिए तर खेल्न भने पाएका थिएनन् ।
साउथगेटले यसबाट पनि कम्तीमा सात खेलाडी काट्नु पर्नेछ । जर्मनीमा हुने प्रतियोगिताका लागि २६ खेलाडीहरूको अन्तिम टोली दर्ता गर्न जुन ७ को मध्यरातसम्मको समयसीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री
-
अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा